निर्मलाका हत्यारालाई छिट्टै कानुनी कठघरामा ल्याउँछौं : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

निर्मलाका हत्यारालाई छिट्टै कानुनी कठघरामा ल्याउँछौं : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा

काठमाडौं, ९ असोज । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई छिट्टै कानुनी कठघरामा ल्याउने आश्वासन दिएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा समसामयिक विषयमा सांसदहरुले उठाएका विषयको जवाफ दिँदै गृहमन्त्री थापाले निर्मला पन्तको हत्यामा संलग्नहरु छिट्टै कानुनी कठघरामा उभिने बताएका हुन् ।

उच्चस्तरीय छानविन समितिले घटनको अध्ययन अनुसन्धान गरि प्रतिवेदन बुझाईसकेकाले अब दोषि पत्ता लगाउन सरकारलाई सहज हुने उनको तर्क थियो । समितिले दिएको रिपोर्टको आधारमा हत्यारा र बलात्कारीलाई कानुनको कठघरामा उभ्याउने आश्वासन उनले दिए ।

मदन आश्रितका हत्यारालाई अहिलेसम्म कानुनी कठघरामा ल्याउन नसकिएको दृष्टान्त दिँदै उनले निर्मला पन्तको घटनाका दोषि पत्ता लगाउनु पनि त्यत्तिकै जटिल रहेको संकेत गरे ।

उनले बर्दियाका राम मनोहर यादवको प्रहरीको यातनाले नभई ब्रेन ह्यामरेज भएका कारण मृत्यु भएको दाबी गरे । प्रहरीले यादवलाई कुनै पनि किसिमको यातना नदिएको दाबी गरे । देशका विखण्डनकारीहरुसंग सम्बन्धित संगठनसंग सम्बद्ध रहेकाले यादवलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

वर्तमान सरकारले शान्ति स्थापना गर्न महत्वपुर्ण भुमिका खेलिरहेको भन्दै उनले पछिल्लो समय तुलनात्मक रुपमा हत्या, हिंसाका घटनामा कमि आएको जिकिर गरे ।

निर्वाध मदिरा विक्रि वितरणले बलात्कारका घटना बढेको तथा लागु औषध नियन्त्रण र निषेध नगरेसम्म महिला हिंसामा कमि नआउने उनको तर्क थियो । उनले भने “लागु औषधका कारोबारीहरु हत्यारा हुन् । बास्तवमा तिनीहरु बलात्कारी हुन् । यस प्रतिको कठोर कानुन बनाउन जरुरी छ । राजनीतिक संकल्प गर्नु जरुरी छ । बलात्कारीहरुलाई सखाप पार्न त्यस किसिमको मेकानिजम पनि डेभलप गर्नु जरुरी छ । अहिले गृहमन्त्रालयले लागु औषधको कारोवारीलाई सखाप पार्ने अभियान अस्ति देखि सुरु गरेका छ ।”

समााजिक र वस्तुगत आधार नसच्याए सम्म महिला हिंसाका घटनामा कमि नआउने भन्दै उनले सामान्ति चिन्तन र पुँजीवादी चिन्तनले महिलामाथि दुर्व्यवहार भईरहेको बताए ।

उनले चाडपर्वको अवसरमा बढ्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा कालोबजारी रोक्नका लागि आवश्यक बन्दोबस्ती गर्नुको साथै खाद्यान्नको ढुवानी गर्ने लगायतको उचित व्यवस्था मिलाउन सम्बन्धीत निकायलाई निर्देशन दिई सकिएको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);