सिक्टा सिँचाई आयोजनामा अख्तियारको छानबिन | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सिक्टा सिँचाई आयोजनामा अख्तियारको छानबिन

बाँके, ३० साउन । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाई आयोजनाको नहर परीक्षणको क्रममा भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । सरोकारवालले आयोजना निर्माणमा अनियमितता भएको भन्दै छानबिन गरि दोषीलाई कार्बाही गर्न माग गरेपछि अख्तियारले छानबिन सुरु गरेको हो ।

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाई आयोजनाको नहर पहिलो पटक परीक्षण गर्ने क्रममा २०७३ असार १४ गते र दोस्रो पटक यहि साउन ७ गते भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको हो ।

अख्तियारको टोली छानबिनका लागि बाँकेमा आएको छ । अख्तियारको टोलीले सरोकार निकायलाई जानकारी नदिई सुटुक्क अनुसन्धान थालेको छ । नहर भत्किएपछि सिँचाई विभागले पनि छानविन समिति गठन गरेको छ । तर अहिलेसम्म उक्त टोलीले स्थलगत अध्ययन र अनुसन्धान गर्न बाँकेमा पुगेको छैन ।

आयोजनाको पश्चिम मुल नहरको ढकेरी स्थित चंगाई नाला नजिक भत्किएको थियो । निर्माणकै क्रममा नहर भत्किएपछि चरम लापरबाही भएको र बस्ती नै जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् ।

नहर भत्किएपछि आयोजना क्षेत्रमा रहेको राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिँचाई आयोजनाको गुणस्तर छानबिन गर्न संघिय र प्रदेश सरकारसँग माग गरेको छ । ठेकेदार कालिका कन्स्ट्रक्सन कम्पनीले सिक्टाको पश्चिमतर्फको मुल नहर निर्माण गरेको थियो ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनाको काम २०६३ सालबाट बाँकेमा निर्माणाधिन क्रममा छ । निर्माणको ६० प्रतिशत मात्र काम सम्पन्न हुँदा झण्डै १५ अर्व खर्च भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);