मिर्मी–क्याग्मीबीचको सात किमि सडकखण्ड कालोपत्रे | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

मिर्मी–क्याग्मीबीचको सात किमि सडकखण्ड कालोपत्रे

sadak

तनुहुँ, १५ भदौ । तनुहुँको भिमाददेखि स्याङ्जा जोड्ने मिर्मी–क्याग्मी बिचको सात किलोमिटर सडक पिच भएपछि स्थानियहरु खुसि देखिएका छन् ।
भिमाद देखि जिल्लाङ्घ सम्म ७ किमी सडक सम्म कालोपत्र भएर यातायात समेत संचालनमा आएपछि स्थानीयहरु खुसी भएका हुन् ।

सडक कालोपत्रे भएपछि बजारबाट मालसामन ल्याउन समेत सजिलो भएको स्थानियहरुको भनाई छ ।

सडक डिभिजन कार्यालय तनहुँका अनुसार यो सडक १५ किलोमिटर पिच गर्ने तयारी गरिएको थियो । तर, सरकारले वाँकी ८ किलामिटरको लागि पर्याप्त बजेट नपठाउँदा अहिलेसम्म पिच हुन नसकेको सडक डिभिजन कार्यालय तनहुँले जनाएको छ ।

स्थानीयले बाँकी सडक कालोपत्रे गर्न एकमुष्ट बजेट विनियोजन गर्न सरकारसँग माग समेत गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);