किरालाई पासो थाप्ने नयाँ जुक्तिः पहेँलो सिट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

किरालाई पासो थाप्ने नयाँ जुक्तिः पहेँलो सिट

kira

काँकडभिट्टा, १५ भदौ । लामखुट्टे, रातो माकुरो, सुल्सुले, खुम्रे किरा, लार्भा चियाका शत्रु हुन् । किराको प्रकोपका कारण चिया उत्पादन बर्सेनि खस्कँदो छ । कहिले बोट पहेँलिएर सुक्ने त कहिले जरै मासिनेजस्ता समस्याले चिया किसान हैरान छन् ।

झापाका चिया बगानले वर्षौंदेखि ती किराको आक्रमण सामना गरिरहेका छन् । विषादी प्रयोगबाट पनि किराको आक्रमण कम भएको छैन । जिल्लाका केही बगानले चियामा आक्रमण कम गर्न किरालाई पासो थाप्ने नयाँ जुक्ति अपनाएका छन् । चिया बगानका रूख वरिपरि पहेँलो प्लास्टिक अर्थात् ‘एल्लो सिट’ बाँधिन्छ । पहेँलो प्लास्टिकमाथि गम (टाँसिने पदार्थ) पोतिन्छ ।

त्यही गमको पासोमा किरा पर्छन् । ‘पहेँलो प्लास्टिकमा किरा झुम्मिन्छन्,’ टोकला चिया बगानका प्रबन्धक राजु सिन्हाले भने, ‘अनि गममा आएर टाँसिन्छन्, टाँसिएपछि उम्किन मुस्किल पर्छ ।’

उनका अनुसार यो प्रविधि किरा मार्न निकै प्रभावकारी बन्दै गएको छ । सस्तो र भरपर्दो पनि छ । अहिले टोकलासहित अन्य बगानमा समेत किरालाई पासो थाप्ने प्रविधि प्रयोग भइरहेको छ । सिन्हाका अनुसार सीमापारि पश्चिम बंगालका दार्जिलिङ, मिरिक, खरसाङ तथा तराईका बागडुग्रा आदि बगानमा दुई तीन वर्षदेखि ‘एल्लो सिट’ प्रविधि प्रयोग भइरहेको छ । यो प्रविधि अपनाएसँगै बगानमा विषादी प्रयोग घटेको छ ।

चियामा तीन सय प्रजातिका किरा र ५८ प्रजातिका ढुसीजन्य रोग लाग्ने गरेको तथ्यांक छ । यो प्रविधिले प्राय किरा नष्ट पारिरहेको छ । सिन्हाले झापाका सबै चिया बगानले यो प्रविधि पछ्याउनुपर्ने बताए । ‘कम खर्चमा किरा नष्ट पार्न सकिन्छ,’ उनले भने, ‘यसले विषादीमा लाग्ने खर्च पनि कम हुन्छ ।’

चिया प्राविधिक इन्द्र अधिकारीका अनुसार चियालाई बढी क्षति पुर्‍याउने रोग फोके मरुवा हो । ओसिलो र कुहिरो बढी लाग्ने क्षेत्रमा देखिने यो रोगले पातको तल्लो भागमा सेतासेता फोका निर्माण गर्छ । चियामा लाग्ने अर्को रोग हो सिन्दुरे । ढुसीजन्य यो रोगले पातको हरियो रङ हराउँदै जाने र पात झर्ने हुन्छ । जरा कुहिने रोग, थ्रिप्स आदिले पनि चिया उत्पादन चौपट पार्ने गरेको छ ।

किरा नियन्त्रणका लागि चिया बालीमा इमिडा क्लोरोपिड, इमामेक्टिम, बेन्जोएट, स्पाइरोमेसिफिन, एसिटामापिडलगायत दर्जनौं घातक विष प्रयोग भइरहेको छ । बगानहरूले वार्षिक करोडौंका विषादी भारतबाट आयात गर्दै आएका छन् । आजको कान्तिपुरमा खवर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);