कञ्चनपुर, १२ भदौं । कञ्चनपुरमा स्थानिय प्रशासनले शुक्रवारदेखि देखि लगाएको कर्फ्यू आजबाट हटाएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज विहानवाट लागूहुने गरी कर्फ्यू हटाएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या भएपछि दोषीलाई कार्वाहीको माग राख्दै स्थानियले पर्दशन जारी राखेपछि स्थानिय प्रशासनले कर्फ्यू लगाउँदै आएको थियो ।