काठमाडौं, २ भदौ । नेपाली कांग्रेसका नेता गगन थापाले कम्युनिष्टहरुले अझै पनि हिंसात्मक बाटो छोड्न नसकेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा पुराना राजनीतिज्ञ दुर्गा सुवेदीको पुष्तक ‘बिमान बिद्रोह’ को समिक्षात्मक छलफलमा बोल्दै नेता थापाले कांग्रेसले हिंसालाई पूर्णरुपमा छोडे पनि कम्युनिष्टहरुले छोडन् नसकेको टिप्पणी गरे ।
कम्युनिष्टहरुले हिंसालाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म प्रचण्ड–प्रकाण्ड चुनौती आइरहने बताए । कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले क्रान्तिपछिको परिवर्तनको नेतृत्व युवालाई दिनुपर्नेमा जोड दिए ।
क्रान्तिका लागि बिमान अपहरण गरेका दुर्गा सुवेदीले आफूले राजनीतिक उद्देश्यले जोखिमपूर्ण कदम उठाएपनि राजनीतिमा अवसर नपाएको गुनासो गरे । जतिसुकै संघर्ष गरेपनि एकदलीय साम्यवाद स्थापना हुन नसक्ने भन्दै सुवेदीले विकासका लागि कांग्रेस र कम्युनिष्ट मिलेर जानुपर्ने बताए । कार्यक्रममा पूर्वप्रधानन्याधीश शुशीला कार्की, प्राध्यापक डाक्टर गोविन्द केसीलगायतको उपस्थिति थियो ।




