मुलुकी संहिताले इतिहास बदलेको छ, सरकार फेल नहोस् : लेखक (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

मुलुकी संहिताले इतिहास बदलेको छ, सरकार फेल नहोस् : लेखक (भिडियोसहित)

काठमाडौं, २ भदौ । कांग्रेस नेता तथा कानुनविद रमेश लेखकलले मुलुकी ऐनलाई प्रतिस्थापित गरेर आएको मुलुकी संहिताले इतिहास बदलेको बताएका छन् । माउण्टेन टेलिभिजनको कार्यक्रम आजको सन्दर्भमा कुरा गर्दै नेता लेखकले देवानी र फौजदारी संहिता अन्तर्राष्ट्रियस्तरको कानुन भएको बताए ।

‘देवानी र फौजदारी संहिता, कार्यविधि तथा कशुर, सजाय निर्धारण ऐन अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिक ऐन हुन्,’ लेखकले भने, ‘तर कानुन आफै कार्यान्वयन हुँदैनन्, सरकार बलियो र प्रभावकारी भएर आफैबाट कार्यान्वयनको सुरुवात गरेन भने ती संहिता पनि असफल हुनसक्छन् ।’

उनले देवानी र फौजदारी संहिताले मुलुकी ऐनलाई मात्र नभएर करिव १५ वटा अरु विशेष कानुनलाई समेत प्रतिस्थापित गरेकाले विभिन्न क्षेत्रबाट टिकाटिप्पणी भइरहेको बताए ।

‘एतिवेला सबैभन्दा महत्वपूर्ण भूमिका सरकारको नै हुन्छ,’ लेखकले भने, ‘प्रहरीको, पत्रकारको, डाक्टरको विरोध आइरहेको छ, त्यसलाई नपढेर नबुझेर विरोध आएको भए सरकारले बुझाउनुप¥र्यो, संहितामै कमजोरी भएका छन् भने तत्काल सच्याउनुप¥यो ।’

उनले कुनै पनि कानुनको आयु त्यसको स्वीकार्यतामा निर्भर हुने भन्दै मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिताको आयु बढाउन पनि सरकारले स्वीकार्यता बढाउनुपर्ने बताए ।

नेता लेखकले नागरिकका दैनिक जीवनसँग जोडिएका कानुनबारे नागरिकलाई जानकारी नभएको भन्दै सरकारले नागरिकका लागि बुझाउने कार्यक्रम ल्याउनुपर्ने बताए । ‘लामो छलफलपछि ७१ सालमा संसदमा पुगेका संहिता ०७४ सालमा प्रमाणित भएका हुन्, तर त्यसएता पनि नागरिकको बहसका लागि भदौं १मा लागु हुने मिति राखेपनि नागरिकमा पर्याप्त बहस र जानकारी हुन सकेको छैन,’ लेखकले भने, ‘त्यो काम अव सरकारले गर्नुपर्छ, यसमा ढिला गर्नुहुँदैन ।
लेखकसँगको विस्तृत कुराकानी भिडियोमा हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);