चार बर्ष अघिका बाढीपीडितको अवस्था अझै दयनीय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

चार बर्ष अघिका बाढीपीडितको अवस्था अझै दयनीय

surkhet badi pidit

विवशकुमार सेजुवाल
सुर्खेत, ३० साउन
। सुर्खेतको इत्राम खोलामा चार वर्षअघि आएको बाढीले बस्ती नै सखाप बनाएको थियो । तर बाढी पीडितहरु अहिलेसम्म पनि पाल र टहरामा जोखिम मोलेर बस्न बाध्य छन् ।

सुर्खेतको इत्राम खोलामा चार बर्ष अघि आएको बाढीबाट पीडित भएकाको अवस्था दयनीय छ । बाढी आएको चार वर्ष पूरा हुँदा पनि पीडितले राहत पाउन सकेका छैनन् । १८ घर परिवार पाल र टहरामा जोखिम मोलेर बस्न बाध्य छन् । बालबालिका, सुत्केरी महिला, वृद्धवृद्धा, शारीरिक रुपमा अशक्त भएकाहरु बढी प्रभावित भएका छन् ।

सरकारले राहत उपलब्ध गराउने आश्वासन दिएपनि अहिलेसम्म केही नपाएको पीडितहरुले गुनासो गरेका छन् ।उनीहरुले आफूहरुको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

कर्णाली प्रदेश सरकारले बाढी पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । सरकारले बाढी पीडितको समस्या समाधन गर्ने बाचा गरेपनि पीडितको अवस्था दयनीय छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);