नेपालगन्जमा २ सय ३५ प्रहरी अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेपालगन्जमा २ सय ३५ प्रहरी अलपत्र

prahari alapatra

टेकेन्द्र बस्याल
बाँके, ३० साउन
। बाँकेको नेपालगन्जमा २ सय ३५ प्रहरी अलपत्र परेका छन् । नेपालगन्ज विमानस्थलबाट हुम्ला र डोल्पामा निजि विमानले उडान नभर्दा उनीहरु अलपत्र भएका हुन् । १९ दिनदेखि होटलमा बस्दा आफुसँग भएको पैसा सकिएपछि बेखर्ची भएको उनीहरुले गुनासो गरेका छन् ।

नेपालगन्ज विमानस्थलबाट हुम्ला र डोल्पामा निजि विमानले उडान नभर्दा उनीहरु साउन ११ गतेबाट अलपत्र परेका हुन् । सीता, समीट र तारा एयरलाईन्सका ६ वटा विमाले कार्गो, विदेशीपर्यटक र चार्टर उडान मात्र गर्न थालेपछि प्रहरी अलपत्र परेका हुन् । १९ दिनदेखि होटलमा बस्दा आफुसँग भएको पैसा सकिएपछि बेखर्ची भएको गुनासो गरेका छन् ।

कार्गो, विदेशी पर्यटक र चार्टर विमानबाट धेरै रकम आउने भएपछि प्रहरीका लागि उडान नभरेका हुन् । सुरक्षाकर्मीबाट प्रतिव्यक्ति टिकटको ७ हजार ३ सय रुपैँया मात्र पाईन्छ । अन्यबाट ११ भन्दा बढी लिने गरेका छन् । हुम्लामा जहाजबाट जानुपर्ने २ सय र डोल्पा जानुपर्ने ३५ प्रहरीहरु छन् । सीता एयरलाईन्सले भने मौसमको खराबीका कारण उडान भर्न नसकिएको बताएको छ ।

जिल्लाको सुरक्षाका लागि खटिनुपर्ने प्रहरीहरु अलपत्र हुँदा समेत सम्बन्धित निकायले चासो दिएका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);