मुठीदानबाट चल्दै आएको बौद्ध विद्यालय आर्थिक समस्यामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

नवलपरासी, ५ भदौ । नवलपरासीमा मुठीदानबाट चल्दै आएको बौद्ध विद्यालय आर्थिक समस्यामा फसेको छ ।

 

बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले दुई दशकअघि स्थापित अहिंसावादी महाबौद्ध अनाथ आधारभूत विद्यापिठ आर्थिक समस्यामा फसेको हो । विद्यापिठमा आर्थिक अभावकै कारण बालबालिकाको गाँसबास, कपास र पठनपाठनमा समस्या देखिएको छ ।

 

 

बौद्ध शिक्षा अनिवार्य गरी कक्षा १० सम्म पठनपाठन गराउँदै आएको विद्यापिठमा कक्षाकोठा नहुँदा ९ र १० कक्षाका विद्यार्थीलाई बाहिरको विद्यालयमा अध्ययन गर्ने गर्छन् । महिला तथा बालबालिका कार्यालय नवलपरासीले भने बालगृहहरुको अध्ययन तथा अनुगमनको तयारी भइरहेको जनाएको छ ।

 

 

बौद्ध भिच्छुणीहरुले २०५५ सालमा विनयी गाउँपालिका– २ मा अहिंसावादी बालगृहको निर्माण गरेका थिए । मुठिदान र कर्मकाण्डबाट संकलन भएको आम्दानीले चल्ने उक्त बालगृह र विद्यापिठमा देशभरका २८ जिल्लाका अनाथ, असहाय, सुकुम्बासी र विपन्नसहित एक सय ४० जना विद्यार्थी अध्ययनरत छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);