लागुऔषधसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

सिरहा, ५ भदौ । सिरहा प्रहरीले पराग गुटखा र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

 

 

प्रहरी टोलीले चेकजाँचको क्रममा सिरहाको लहान–ठाँडी सडकखण्डबाट नेपाली नम्बर प्लेटको बा. २ ख ४४४८ नम्बरको भ्यानबाट ६० बोरा पराग गुटखा बरामद गरेको हो । नेपालबाट भारततर्फ अवैध रुपमा तस्करी गर्दै गरेको अवस्थामा बरामद गरिएको गुटखा र गाडी चालक शंकरप्रसाद चौधरीलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले जानकारी दिनुभयो । प्रहरीले सिमावर्ती भारतिय बजार लौकहाबाट ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । १०० एमएलको प्रतिबन्धित डाइलेक्स डिसि १९ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

 

 

सिमावर्ती भारतिय बजारवाट लागुऔषधको कारोबार सेटिङ र भरियामार्फत हुँदै आएको छ । सिरहाबाट उदयपुर, सुनसरी, सिन्धुलीलगायतका जिल्लामा पठाइने गरेको छ ।