इटहरीबाट लागुऔषधसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इटहरीबाट लागुऔषधसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको इटहरीबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरी ४ मिलन चौकबाट चेकजाँच गर्ने क्रममा दुई जनालाई १३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भाप गौरीगंज गाउँपालिका २ बस्ने २७ वर्षीय आइतबारी हस्दा र भारतको विहार राज्य बस्दै आएका २२ वर्षीय सुरज शाह रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई २७ गते पक्राउ गरे पनि आज सार्वजनिक गरिएको हो । दुई जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);