कर्णालीमा सरकारी तथा सामुदायिक विद्यालय संख्या घट्यो, विद्यार्थीको संख्या बढ्योे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कर्णालीमा सरकारी तथा सामुदायिक विद्यालय संख्या घट्यो, विद्यार्थीको संख्या बढ्योे

सुर्खेत । कर्णालीमा सरकारी तथा सामुदायिक विद्यालयको संख्या घटको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आ.व. २०७७-७८ मा आधारित ‘आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश)’ का अनुसार कर्णाली प्रदेशमा सरकारी तथा सामुदायिक विद्यालय संख्या घटेको जनाएको हो ।

समीक्षा वर्षमा कर्णाली प्रदेशका सरकारी-सामुदायिक विद्यालयको संख्यामा २ दशमलव १३ प्रतिशतले ह्रास आएको  र गत वर्ष यस्तो संख्या २० दशमलव १५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । तर, सरकारी तथा सामुदायिक विद्यालयको संख्या घटे पनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको संख्या वृद्धि भएको जनाएको छ । 

सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको संख्यामा २ दशमलव ७५ प्रतिशतले वृद्धि भई चार लाख दुई हजार दुई सय ७२ जना पुगेको छ । गत वर्ष सो संख्या ३४ दशमलव १७ प्रतिशतले वृद्धि भएको थियो ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट जारी परिपत्रअनुसार एउटै भौगोलिक क्षेत्रभित्र सञ्चालित सरकारी तथा सामुदायिक विद्यालय एक आपसमा गाभ्न सकिने प्रावधानअनुरूप यस्ता विद्यालयको संख्यामा ह्रास आएको हो । 

सरकारी विद्यालयमा समीक्षा वर्षमा शिक्षकको संख्यामा कुनै परिवर्तन भएको छैन भने गत वर्ष सो संख्या २५ दशमलव ८६ प्रतिशतले वृद्धि भई नाै हजार चार सय ९६ पुगेको थियो ।

कर्णाली प्रदेशमा संस्थागत तथा निजी विद्यालयको संख्या २ दशमलव १४ प्रतिशतले घटेर दुई सय २९ पुगेको छ भने विद्यार्थी संख्या ४ दशमलव ५५ प्रतिशतले घटेर २७ हजार ६ सय ७३ जना पुगेको छ । गत वर्ष विद्यार्थी संख्या ३५ दशमलव २३ प्रतिशतले वृद्धि भई २८ हजार नाै सय ९३ पुगेको थियो ।

संस्थागत तथा निजी विद्यालयहरूमा अध्यापन गराउने शिक्षकहरूको संख्या समीक्षा वर्षमा २ दशमलव ८६ प्रतिशतले घटेको छ भने गत वर्ष यो संख्या ४० दशमलव ६२ प्रतिशतले वृद्धि भई दुई हजार चार सय १५ पुगेको थियो । आर्थिक वर्ष २०७६-७७ देखि २०७७-०७८ वर्षसम्ममा कर्णाली प्रदेशमा प्राविधिक शिक्षालयको संख्या र शिक्षकहरूको संख्यामा कुनै पनि परिवर्तन आएको छैन । 

समीक्षा वर्षमा प्राविधिक शिक्षालयको संख्या र शिक्षकहरूको संख्या क्रमशः एक सय २० र सात सय ९४ रहेको देखिन्छ । आर्थिक वर्ष २०७७-७८ मा प्राविधिक शिक्षामा अध्ययनरत विद्यार्थी संख्या २ दशमलव २४ प्रतिशतले घटेर तीन हजार ६ सय १५ पुगेको छ ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);