साफ च्याम्पियनसीपः नेपाल माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

१५ वर्षमुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल माल्दिभ्ससँग खेल्दै छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा नेपाल जितको लक्ष्यसहित मैदानमा उत्रिंदै छ । माल्दिभ्स आफ्नो पहिलो खेलमा भारतसँग ९–० को फराकिलो गोल अन्तरले पराजित भएको थियो । आइतबार भएको खेलमा भुटानले श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गरेको छ ।

 

 

श्रीलंकामाथि फराकिलो जित दर्ता गर्ने क्रममा भुटानले पहिलो हाफमा नै ५ गोल गरेको थियो । श्रीलंका आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);