आजबाट पोखरामा रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पोखरा, ६ भदौ । हिन्दु नारीहरुको महान पर्व तीज पर्वको अवसरमा पोखराको लामाचौरमा आयोजना हुने छैटौं रेडबुल राष्ट्रिय महिला भलिवल प्रतियोगिता आज देखि शुरु हुँदैछ।

 

उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन शिवम न्यू डायमण्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सुशिल कुमार श्रेष्ठले जानकारी दिए।

 

तीन दिनसम्म हुने प्रतियोगितामा राष्ट्रिय स्तरका पाँच टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा न्यू डायमण्ड र नेपाल पुलिस क्लब तथा समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र रहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);