इंग्लिस प्रिमियर लिगः रुनीको दुई सय गोल, एभर्टन र म्यानचेष्टर सिटीको खेल बराबरी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

एजेन्सी, ६ भदौ । १३ वर्षपछि पुरानै क्लब एभर्टनमा फर्केका वायन रुनीले इंग्लिस प्रिमियर लिगमा आफ्नो गोल संख्या दुई सय पुर्याएका छन् ।

 

 

रुनीले एभर्टनको घरेलु मैदानमा गएराति म्यानचेष्टर सिटीसँग भएको खेलमा गोल गरी प्रिमियर लिगमा आफ्नो गोल संख्या दुई सय पुर्याएका हुन् । प्रिमियर लिगमा दुई सय गोल गर्ने उनी दोस्रो खेलाडी हुन् । प्रिमियर लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी एलन शियरर हुन् । उनको नाममा दुई सय ६० गोलको रेकर्ड छ । खेलमा सिटीका लागि रहिम स्टर्लिङले बराबरी गोल गरे ।

 

 

 

खेल बराबरी भएसँगै लिगमा दुवै टोलीको ४/४ अंक भएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);