नेइमारको ठाउँमा कोटिन्होलाई भित्राउने बार्सिलोनाको प्रयास असफल | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

काठमाडौँ, ६ भदौ । नेईमारको ठाउँमा लिभरपुलका खेलाडी फिलिप कोटिन्होलाई भित्र्याउने बार्सिलोनाको तेस्रो प्रयास पनि असफल बनेको छ।

 

कोटिन्होका लागि ११८ मिलियन पाउण्ड तिर्न बार्सिलोना तयार भए पनि लिभरपुलले बेच्न नचाहेपछि बार्सिलोना असफल भएको हो। लिभरपुलका निर्देशक माइकल एडवार्ड्सले बार्सिलोनाले तिर्न चाहेको रकम ११८ मिलियन पाउण्ड चित्तबुझ्दो नभएको जनाएका छन्।

 

२५ वर्षका ब्राजिलियन खेलाडी कोटिन्हो जर्मनीमा भएको अडी कपमा घाइते भएपछि यतिबेला रेष्टमा छन्।

ताजा समाचार