प्रिमियर लिग : सिटीद्वारा सबैभन्दा बढी गोल र अंकको रेकर्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

प्रिमियर लिग : सिटीद्वारा सबैभन्दा बढी गोल र अंकको रेकर्ड

yaya-city

एजेन्सी, २७ बैशाख । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले रेकर्डको वर्षा गरेको छ । म्यानचेस्टर सिटीले गएराति ब्राइटनलाई ३–१ ले पराजित गरी इङ्लिस प्रिमियर लिगमा सबैभन्दा बढी अंकको रेकर्ड राखेको छ ।

अन्तिम खेल खेल्न बाँकी छँदा म्यानचेस्टर सिटीको ९७ अंक भएको छ । यसअघि लिगमा सबैभन्दा बढी अंकको रेकर्ड चेल्सीको नाममा थियो । चेल्सीले सन् २००५ मा ९५ अंक जोडेर रेकर्ड राखेकामा म्यानचेस्टर सिटीले एक खेल अगावै उक्त रेकर्ड तोडेको हो ।

सिटीले अन्तिम खेल आगामी आइतबार साउथह्यामटनसँग खेल्ने छ । उक्त खेलमा जित निकालेर सय अंकको रेकर्ड राख्ने सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन् ।

सिटीले प्रिमियर लिगमा बढी गोल गरेको रेकर्ड पनि राखेको छ । सिटीले अहिलेसम्म १ सय ५ गोल गरिसकेको छ । यसअघि यो रेकर्ड पनि चेल्सीको नाममा थियो । चेल्सीले ८ वर्ष पहिले १ सय ४ गोल गरेको थियो ।

यस्तै, सिटीले ३१ खेलमा जित हात पारेर एकै सिजनमा धेरै खेल जित्ने अर्को रेकर्ड बराबरी गरेको छ । यसअघि सन् १९६१ मा टोटनह्यामले एकै सिजनमा ३१ खेल जितेको थियो । साउथह्यामटनविरुद्धको खेलमा जित हात पारे सबैभन्दा बढी खेल जित्ने रेकर्ड म्यानचेस्टर सिटीको नाममा हुने छ ।

सिटीले रेकर्ड लेखाएको दिन चेल्सी हडर्सफिल्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ भने आर्सनल लेस्टर सिटीसँग ३–१ गोल अन्तरले पराजित भएको छ । टोटेनह्याम भने न्युक्यासललाई १–० ले पराजित गरेर तेस्रो स्थानमा उक्लिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);