काठमाडौं, १५ असार । नेपाल र भारतको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को नवौं बैठक आज सुरु हुँदै छ ।
दुई देशबीचका सबै प्रकारका सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाव दिन गठित समूहको बैठकले हालसम्म भएका आठवटा बैठकको प्रगतिलाई साझा प्रतिवेदनको ढाँचामा ढाली सरकारलाई बुझाउने निर्णय गर्ने अनुमान गरिएको छ ।
प्रतिवेदनले अन्तिम रूप पाउन भने सकेको छैन । खासगरी १९५० को सन्धि प्रतिस्थापनको विषय नटुंगिएका कारण साझा प्रतिवेदनले अन्तिम रुप पाउन नसकेको हो । ईपीजीको म्याद भने यहि असार २० गते सकिंदै छ ।