नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको बैठकद्वारा साझा प्रतिवेदन तयार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको बैठकद्वारा साझा प्रतिवेदन तयार

nepal india

काठमाडौं, १७ असार । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले साझा प्रतिवेदन तयार पारेको छ । सन १९५० को सन्धि पुनरावलोकनका लागि सुझाव दिन बनेको ईपीजीको नवौं बैठकले साझा प्रतिवेदनमा सहमति जुटाएको हो ।

ईपीजीले सन् १९५० को सन्धिका प्रावधान परिवर्तन वा खारेजीको दुवै विकल्पसहित प्रतिवेदन तयार पारेको बताइएको छ । ईपीजीका सदस्यहरुले प्रतिवेदनमा समावेश विषयबारे सार्वजनिक गरेका छैनन् । उनीहरुले ईपीजीले आफ्नो काम सफलतापूर्वक सकेको भन्दै अब दुवै देशका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइने बताए ।

उनीहरुले दुबै देशका प्रधानमन्त्रीलाई बुझाएपछि मात्र प्रतिवेदनका विषयवस्तु बाहिर आउने बताए । भारतीय ईपीजीका सदस्य महेन्द्र पी लामाले नेपालले उठाएका सबै प्रश्नमा छलफल भएको भन्दै छलफलमा भएका सहमति केही समयमै वाहिर आउने बताए । दुवै देशका ईपीजीका सदस्यहरुले प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । नेपाल र भारतबीचका सन्धि सम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुई वर्ष अघि ईपीजी गठन भएको थियो । ईपीजीको म्याद असार २० गते सकिंदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);