नेपाल–भारत ईपीजी प्रतिवेदन, मोदी तयार नबन्दा ईपीजीको प्रतिवेदन वर्ष दिनदेखि दराजमै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेपाल–भारत ईपीजी प्रतिवेदन, मोदी तयार नबन्दा ईपीजीको प्रतिवेदन वर्ष दिनदेखि दराजमै

modi address

काठमाडौं, १ असोज । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को साझा प्रतिवेदन बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तयार नहुँदा अल्झनमा परेको छ । प्रबुद्ध व्यक्ति समूहले तयार पारेको साझा प्रतिवेदन तयार भएको एक वर्षमा पनि भारतका प्रधानमन्त्रीले बुझ्न इन्कार गरिरहेका छन् । ईपीजीले नेपाल र भारतबीच भएका सम्पूर्ण सन्धि, सम्झौता र सहमतिको अध्ययन–अनुसन्धान गरी पुनरावलोकनका लागि सुझावसहितको साझा प्रतिवेदन तयार पारेको छ ।

नेपालको प्रबुद्ध व्यक्ति समूहले प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउन ईपीजी सदस्यले धेरैपटक प्रयास गर तर मोदीको समय नै पाउन सकेका छैनन् । साझा प्रतिवेदन तयार पारेको प्रबुद्ध समूहका सदस्यहरूले भने आफ्नो काम पूरा भएको तर दुई देशका प्रधानमन्त्रीलाई बुझाउन नपाएको बताए ।

साझा प्रतिवेदन तयार भएको पनि एक वर्ष पूरा भएको र यसलाई भारतले कहिले बुझ्छ भन्ने अझै टुंगो लागिनसकेको प्रबुद्ध व्यक्ति समूह नेपालका सदस्य डा. भेषबहादुर थापाले बताए ।

‘दुईवटा पक्षले साझा सहमति खोजेर अन्तिम बिन्दुमा पु¥याएर हस्ताक्षर भइसकेको छ,’ डा. थापाले भने, ‘अब दुई देशका प्रधानमन्त्रीले कहिले बुझ्छन्, त्यो भन्न सक्ने अवस्था छैन ।’यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);