मोदीको व्यस्तताले इपिजीको प्रतिवेदन बुझाउन ढिलाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मोदीको व्यस्तताले इपिजीको प्रतिवेदन बुझाउन ढिलाइ

सरोज थापा

काठमाडौं, २३ साउन । गत असार १५ र १६ गते काठमाडौंमा अन्तिम बैठक बसेको नेपाल–भारत प्रबुद्ध समुह (इपीजी) ले हालसम्म दुबै देशका सरकार प्रमुखलाई प्रतिवेदन बुझाउन सकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ब्यस्तताकै कारण दुई वर्ष लगाएर तयार पारिएको प्रतिबेदन बुझाउन ढिलाई भएको जनाइएको छ ।

असार १५ र १६ गते काठमाडौंमा अन्तिम बैठक सम्पन्न भएपछि इपिजीले एक महिनाभित्र साझा प्रतिवेदन नेपाल र भारतको सरकार प्रमुखलाई बुझाउने घोषणा गरेको थियो । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने समय नपाउँदा प्रतिवेदन बुझाउन ढिलाइ भएको छ ।

इपिजीमा नेपाल र भारतका चार–चार जना सदस्य रहेका छन् । काठमाडौंमा बसेको अन्तिम बैठकमा साझा प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्रीलाई बुझाउने त्यसपछि नेपालको प्रधानमन्त्रीलाई बुझाएर काठमाडौंमा पत्रकार सम्मेलन गर्ने सहमति भएको थियो ।

सोही सहमतिअनुसार प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्रीलाई बुझाउने इपिजीका नेपालतर्फका संयोजक डाक्टर भेषबहादुर थापाको भनाइ छ ।

मोदीले केही दिन अघि अफ्रिकी राष्ट्रहरु रुवाण्डा, युगाण्डा र दक्षिण अफ्रिकाको भ्रमण गरेका थिए । पछिल्लो समय भारतीय विदेश मन्त्री सुष्मा स्वराज पनि विदेश भ्रमणमा व्यस्त छन् ।

सन् २०१४ को जुलाइमा काठमाडौंमा सम्पन्न नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय तेस्रो बैठकले दुई देशबीच हालसम्म भएका सम्झौता र सहमतिको अध्ययन अनुसन्धान गरी पुनरावलोकनका लागि सुझाव पेश गर्न इपिजी गठन गर्ने निर्णय गरेको थियो । खासगरी नेपालले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धीप्रति आपत्ति जनाएपछि इपिजी गठन गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);