कर्णालीको राजधानी वीरेन्द्रनगरको सडक अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कर्णालीको राजधानी वीरेन्द्रनगरको सडक अस्तव्यस्त

विवसकुमार सेजुवाल
सुर्खेत, २३ साउन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिको सडक अस्तव्यस्त भएको छ । प्रदेश सरकारले स्तरोन्नति गर्न बजेट छुट्टाएको जनाएको छ । तर सडकको स्तरोन्नति भएको छैन ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिको सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलोले कुहिरिमण्डल हुने गरेको छ । सडकको धुँवा धुलो र हिलोले स्वास्थ्यमा असर, दुर्घटनाको जोखिम र आवातजावतमा समस्या हुँदै आएको छ।

प्रदेश सरकारले सडक स्तरोन्नतिका लागि बजेट छुट्टाएको जनाएको छ । तर सडक स्तरोन्नतिको काम सुरु भएको छैन । यता डिभिजन सडक कार्यालय सुर्खेतले मुख्य राजमार्ग बाहेक अरु आफ्नो क्षेत्राधिकार भित्र नपर्ने प्रतिक्रिया दिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले सडक विस्तारका लागि ठेकेदारलाई जिम्मा दिइसकेको बताएको छ । समयमा काम नगर्ने ठेकेदारलाई रकम निकासा नगर्ने नगरपालिकाले चेतावनी दिएको छ । स्थानीयले तत्काल सडकको स्तरोन्नति गर्न प्रदेश र स्थानीय सरकारसँग माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);