ईपीजीको अन्तिम बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

ईपीजीको अन्तिम बैठक आज बस्दै

EPG final meeting

काठमाडौं, १६ असार । नेपाल र भारतका प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को अन्तिम बैठक आज सकिंदै छ । सन् १९५० को सन्धिसहित सहित सबैखाले सन्धि–सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित ईपीजीको अन्तिम बैठक सहमति जुटाउन प्रयासरत रहेको छ ।

सन् १९५० को मैत्री सन्धि पुनरावलोकनका लागि केही बुँदामा कुरा मिल्न बाँकी छ । बाँकी विषयमा सहमति जुटाएर संयुक्त प्रतिवेदनलाई टुंगो लगाउने प्रयास भइरहेको नेपाली टोलीका सदस्यले बताएका छन् । आतंकवाद, अवैध मुद्रा, लागूपदार्थ ओसारपसार तथा तस्करी नियन्त्रणका लागि दुवै पक्षको हित हुने गरी सीमा नियमनलगायत विषयमा सहमति भएको छ ।

भारतले आफ्नो सुरक्षाबाहेक अन्य विषयमा नेपालले लिने निर्णय स्वीकार्ने बताएको छ । नेपाली टोलीका संयोजक डा. भेषबहादुर थापाले दुवै पक्ष आवश्यक गृहकार्यसहित बैठकमा बसेको भन्दै सहमति जुटाउने अन्तिम प्रयास भइरहेको बताए ।

बैठकमा भएका सहमतिबारे अपरान्ह २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने ईपीजीका सदस्यहरुले बताएका छन् । ईपीजीको म्याद असार २० गते सकिंदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);