वीरगञ्ज, ९ असार । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकार नै संघीयताको विरोधी भएको आरोप लगाएका छन् ।
शनिबार वीरगञ्जमा नेपाल पत्रकार महासंघ प्रदेश–२ को विस्तारित बैठक उद्घाटन गर्दै मुख्य मन्त्री राउतले केन्द्र सरकार प्रदेश सरकारलाई असफल पार्न लागिपरेको आरोप लगाए ।
प्रदेशको शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारको भएको भन्दै उनले प्रदेशको लागि आफ्नै प्रहरी हुनुपर्ने बताए । उनले हरेक लोकतान्त्रिक आन्दोलनमा मिडियाको साथ रहेको भन्दै प्रदेश सरकार मिडियाप्रति उदार हुने स्पष्ट पारे ।