स्रोतसाधन माग्दै प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको पत्र , कर्मचारीले असहयोग गरेको गुनासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्रोतसाधन माग्दै प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको पत्र , कर्मचारीले असहयोग गरेको गुनासो

mukhaya letter

काठमाडौं, १३ फागुन । कर्मचारीले सहयोग नगरेको र स्रोतसाधनको समेत अभाव रहेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारसँग सहयोग मागेका छन् । प्रदेश सरकार गठन भएपछि स्रोतसाधनको अभाव भएको भन्दै ध्यानाकर्षण गराउने उनी पहिलो मुख्यमन्त्री हुन् । यसअघि प्रदेशसभा बैठकमै सांसदहरूले स्रोतसाधनको अभाव भएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गर्दै सहयोग गरिदिन आग्रह गरेका छन् । गत ३ फागुनमा प्रदेश सरकार गठन भए पनि कर्मचारी र स्रोतसाधनको अभावमा प्रदेशको काम कारबाही अघि बढ्न नसकेपछि मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएरै सहयोग गरिदिन आग्रह गरेका हुन् । प्रान्तीय सरकारका मुख्यमन्त्री, मन्त्रीहरू र अन्य महत्वपूर्ण पदाधिकारीको सुरक्षाका लागि व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीबाट सहयोग नपाएको पत्रमा उल्लेख छ ।

‘प्रदेश २ को आप्ःनै प्रकारको सुरक्षा संवेदनशीलता छ,’ प्रधानमन्त्रीलाई पठाइएको पत्रमा भनिएको छ, ‘यसबारे म प्रान्तीय सरकारको मुख्यमन्त्री र मेरा मन्त्रिमण्डलका साथीहरू वा अन्य महत्वपूर्ण पदाधिकारीको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीहरूबाट आवश्यक सहयोग प्राप्त गर्न नसकेको अनुभूति भएको छ ।’

मुख्यमन्त्री राउतले केन्द्रीय सरकारले खटाएका कर्मचारीहरू प्रदेशमा हाजिर हुन नआएको र प्रदेश सरकारका मन्त्री तथा महत्वपूर्ण पदाधिकारीका लागि सवारीसाधन र सुरक्षाको व्यवस्था गर्न नसकिएको बताए । ‘अहिलेसम्म कर्मचारीहरू आइसक्नुपर्ने आउन सकेका छैनन्, यो समस्या हो, अर्को कुरो हामीले बसेर काम गर्ने ठाउँ पनि तयारी हुनुपर्ने हुन सकेको छैन,’ राजधानीसँग मुख्यमन्त्री राउतले भने, ‘मन्त्रीहरूलाई अहिलेसम्म गाडी उपलब्ध गराउन सकिएको छैन, मलाई त समस्या छैन तर केही मन्त्रीको गुनासो छ, मैले त सबैको भावना बुभ्ःनु पर्छ

कर्मचारी र स्रोतसाधनको अभावमा प्रदेश सरकारको काम कारबाही लामो समयसम्म अवरोध गरिराख्नुको सट्टा प्रदेश सरकारले नै विकल्प खोज्नेगरी बाटो खुला गरिदिन राउतले आग्रह गरेका छन् । ‘कर्मचारीको अभावमा प्रादेशिक काम कारबाहीमा अवरोध गरिरहनुको सट्टा केन्द्र सरकारले विकल्पका लागि ढोका खोलि दिनुपर्यो,’ राउतले भने, ‘किनभने संघीय सरकार र प्रदेश सरकारबीचको समन्वय, सहकार्य र आपसी सहयोग अहिलेको आवश्यकता हो ।’ मुख्यमन्त्री राउतले संविधान, कानुन र नियमबमोजिम प्रदेश सरकार अघि बढ्न प्रतिबद्ध रहेको प्रस्ट पारे ।

प्रदेश २ का निमित्त मुख्य सचिव हरि फुयाँलले केन्द्रबाट खटाइएका कर्मचारीमध्ये ४९ जना मात्रै आइपुगेका बताए । ‘केन्द्रबाट खटाइएका कर्मचारीमध्ये ६३ जना हाजिर हुन आइपुगेका छैनन्,’ फुयाँलले भने, ‘हामीले यहीँबाट कर्मचारीको व्यवस्था गर्न सक्दैनौं, केन्द्रले पठाएकाहरू नै आउनुपर्ने आएका छैनन् ।’फुयाँलका अनुसार प्रदेश २ मा प्रदेश सचिवालयबाहेक १७४ जना कर्मचारीको दरबन्दी छ । उनले केन्द्रबाट १४ वटा गाडी पठाउने भनेकामा सातवटा मात्रै पठाइएको बताए । ‘त्यसमा पनि तीनवटा मात्रै प्रयोग गर्न मिल्ने खालका छन्,’ फुयाँलले भने । आजको राजधानी दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);