हावाहुरी पीडितको घर सरकारले बनाइदिने मुख्यमन्त्री राउतको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

हावाहुरी पीडितको घर सरकारले बनाइदिने मुख्यमन्त्री राउतको घोषणा

lalbabu rahut

काठमाडौं, २० चैत । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विनासकारी हावाहुरीबाट घरवारविहिन भएकाहरुलाई सरकारले पुनर्वासको व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । बुधबार राजधानी काठमाडौमा रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै उनले घरवारविहीन भएकाको सुरक्षित बसोबासको प्रबन्ध गर्ने बताए । घटनाप्रति सरकार अत्यन्तै गम्भीर बनेको भन्दै उनले विपतबाट प्रभावितहरुलाई जिम्मेवार ढंगले यथासक्य सहयोग गरिने बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको र सो समितिले राहत र खाद्यान्नको व्यवस्था मिलाईरहेकोे भन्दै उनले सोही समितिले दिएको सुझावका आधारमा प्रभावितलाई पुनर्वासको व्यवस्था गरिने स्पष्ट पारे । उनले प्रदेश सरकारले समितिको सिफारिसका आधारमा प्रभावितका लागि स्थायी बसोबासको लागि घर बनाईदिने बताए ।

उनले केन्द्रीय सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीहरु र सुरक्षा निकाय प्रमुखले घटनाप्रति चासो देखाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जाहेर भएको भन्दै सबै सहयोगीलाई धन्यवाद दिए ।

विनासकारी हावाहुरीबाट गरिब र मुस्लिम दलित वर्ग बढी प्रभावित भएका छन् । प्रभावितको सहयोगका लागि अग्रसर हुने विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतलाई उनले धन्यवाद दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);