रानीपोखरीको पुन:निर्माण कहिले ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रानीपोखरीको पुन:निर्माण कहिले ?

ranipokhari

काठमाडौं, ९ असार । महाभुकम्प गएको तीन बर्ष वितिसक्दा पनि ऐतिहासिक र पुरातात्विक महत्वको रानी पोखरीको पुननिर्माण हुन सकेको छैन ।

रानी पोखरी पुननिर्माणको नाममा झण्डै ३ करोड रुपैयाँ खर्च भईसकेको छ । तर अहिले सम्म पुर्ननिर्माणको काम भने सुरु हुन सकेको छैन ।

संरचना बनाउने, भत्काउने दुवै अपरिपक्क र अदुरदर्शी निर्णयका कारण झण्डै ३ करोड रुपैयाँ नोक्सानी भएको छ । १८ महिना अघि देखि निर्माण कार्य भईरहेको रानीपोखरीमा आधुनिक निर्माण सामाग्री प्रयोग भएको भन्दै चौतर्फी विरोध भएपछि बाहिरी घेरामा लगाईएको आधुनिक कंक्रिड पर्खाल भत्काईएको हो ।

रानी पोखरीको बाहिरी घेरामा कंक्रिड वाल लगाउन मात्रै २ करोड ३० लाख रुपैयाँ खर्च भएको महानगरले जनाएको छ । आधुनिक शैलीमा बनाउँदा रानी पोखरीको पुरातात्विक र परम्परागत पुरानो शैली मासिएको भन्दै चौतर्फी विरोध भएपछि सो पर्खाल भत्काईएको हो ।

पर्खाल भत्काउन र कंक्रिडहरु हटाउन महानगरले १६ लाख रुपैयाँमा चक्रदेव कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो । भत्काउने र त्यसलाई सफा गर्ने जिम्मा लिएको कम्पनीले ९५ प्रतिशत काम सकिएको बताएको छ ।

रानी पोखरी पुननिर्माणका लागि महानगरपालिकाले वल्डवाईड कँडेल के एन केजी जेभीलाई करिब ७ करोड रुपैयाँमा ठेक्का दिएको थियो । पोखरीको बाहिरी घेरामा लगाइएको आधुनिक पर्खाल भत्काएपछि सो कम्पनीले क्षतिपुर्तिको माग गर्दै महानगरपालिका विरुद्ध मुद्धा दायर गरेको छ । सो मुद्धा अहिले पनि विचाराधिन छ ।

आधुनिक पर्खाल भत्काएर त्यसलाई सफा गर्ने काम केही दिन भित्र सम्पन्न भएपनि त्यसपछिको पुननिर्माण के कसरी गर्ने भन्ने स्पष्ट नभएका कारण रानीपोखरीको पुननिर्माण कहिले भन्ने जिज्ञासा यथावत रहेको छ । जिम्मेवार निकायको अपरिपक्क र अदुरददर्शी निर्णयका कारण ठुलो रकम पानीमा गएको छ ।

यसैबीच पोखरीकोबीच भागमा रहेको बालगोपालेश्वर मन्दिर भने राणाकालिन शैलीमा पुरातत्व विभागले पुननिर्माण गरिरहेको छ । यद्यपि मन्दिरको पुननिर्माणको काम पनि सन्तोषजनक ढंगले अघि बढ्न भने सकेको छैन । स्थानीयबासी र विज्ञले मल्लकालिन शैलीमा बालगोपालेश्वर मन्दिरको पुर्ननिर्माण गर्नुपर्ने माग गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);