काठमाडौं, ८ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम रहेको ठाँउमा रोकथामका लागि रक नेटिङ र रक बोल्टिङको काम तीव्र गतिमा भइरहेको छ ।
गत बैशाख १३ गतेबाट सुरु भएको रक नेटिङ र रक बोल्टिङको काम अहिलेसम्म ७० प्रतिशत सकिएको आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिए । बर्खा सुरु भएसँगै सो सडक खण्ड पहिरोको जोखिममा रहेकाले रोकथाकका लागि रक नेटिङ र रक बोल्टिङको काम तीव्र गतिमा भइरहेको हो ।
सो सडकखण्डको ११ स्थानमा आधुनिक प्रविधिमार्फत पहिरो रोकथामको काम भइरहेको छ । मुग्लिनदेखि कालीखोलासम्मको भाग पहिरोको जोखिमा छ ।