नारायणगढ–मुग्लिन सडकमा दिनहुँ पहिरो खस्दा यात्रुलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नारायणगढ–मुग्लिन सडकमा दिनहुँ पहिरो खस्दा यात्रुलाई सास्ती

baglum pahiro

काठमाडौं, २२ असार । राजधानी काठमाडौंलाई तराईसँग जोडने नारायणगढ–मुग्लिन सडक खण्डमा दिनहूँ जस्तो पहिरो खस्न थालेपछि यात्रुहरुले सास्ती व्यहोर्न बाध्य हुनु परेको छ ।

यस सडक खण्डमा दैनिक जसो खस्ने पहिरोको कारण यात्रुहरु घण्टौको जाममा पर्ने गरेका छन । बुधबार पनि तोपे खोला, काली खोला र चार किलोमा पहिरो जादाँ बन्द भएको सडक ११ घण्टा पछि मात्रै सुचारु भएको थियो । सडक बन्द हुँदा भोकभाकै बस्नुपरेको, पानी समेत खान नपाएको सुर्खेत घर भएर काठमाडौँ हिडेका नेत्रमणी लामिछानेले बताए ।

सडक अबरुद्ध भएर बिचमा अलपत्र पर्दा समयमा गन्तव्यमा पुग्न नपाउने समस्या त छदै छ । तर बिचमा रोकिन पर्दा पानी समेत खान नपाएर खोलाको पानी पिउनु परेको यात्रुहरुले गुनासो छ ।

बैदेशिक रोजगारको लागि कोरिया हिडेका बर्दिया घर भएका रमेश आर्चायले भोक मेटाउनको लागि १५ रुपैयाँको चाउचाउलाई ५० रुपैयाँमा खरिद गरेर खानुपरेको बताए । पहिरो खसेर सडक अवरुद्ध हुँदा तत्कालै सडकको पहिरो हटाउन काम सुरु गर्नुपर्नेमा त्यसो नभएको उनले बताए ।

बर्षा सुरु भएसँगै नारायणगढ मुग्लिङ्ग सडक खण्डको बिभिन्न स्थानमा पहिरो खस्ने क्रम बढेको छ । उक्त सडक खण्डमा ८ स्थानमा पहिरोको उच्च जोखिम क्षेत्र निर्धारण भएको तर उक्त स्थानसँगै अन्य नयाँ स्थानबाट समेत पहिरो खसिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

नयाँँ बिस्तार भएको सडक र पानी पर्न सुरुभएसँगै पहिरो खस्ने भएकाले नारायणगढ मुग्लिङ्ग सडकमा पहिरोको उच्च जोखम रहेको गौतमले बताए ।

दैनिक हजारौ सवारीसाधान र हजारौ यात्रु आवतजावत गर्ने देशकै लाइफलाइनको रुपमा रहेको सडक खण्डमा दैनिक जसो खसिरहने पहिरोले भौतिक एवम् मानविय क्षति हुनसक्ने सम्भावना बढ्दै गएको छ ।

यसअघि नै पहिरोको कारणले यस सडकखण्डमा १० जनाको ज्यान गइसकेको छ भने १९ वटा सवारीसाधनमा क्षति पुगेको छ ।

उक्त सडक खण्डमा ३२ स्थानलाई पहिरोको उच्च जोखिमको क्षेत्र निर्धारण गरिएको थियो । पहिरो नियन्त्रणका लागि २१ स्थानमा बायो इन्जिनियरिङ्गको काम भइसकेको छ भने अन्य ११ स्थानमा अहिले पहिरो रोकथामको काम चलिरहेको छ ।

११ स्थानमा पहिरोको जोखिक न्युनिकरणका लागि १४ करोडको ठेक्कामा जुट नेटिङ्ग, रक नेटिङ्ग, रक बोल्टिङ्ग लगायतको काम चलिरहेको र असार अन्तिमसम्म काम सकिने नारायणगढ मुग्लिङ्ग सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

पहिरो रोकथामको लागि करोडौँ खर्च गरेर विभिन्न काम भएतापनि त्यो प्रभावकारी देखिएको छैन । काम भएपनि दिनहुँ  खसिरहेको पहिरोले त्यसलाई थप पुष्टि गरेको छ । दैनिक हजाराैँ सवारीसाधन र यात्रु आवतजावत गर्ने सडकलाई सहज र सुरक्षित बनाउने तर्फ सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);