फुटलबसँगै जोडिने शताब्दिकै सफल नाम 'पेले ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

फुटलबसँगै जोडिने शताब्दिकै सफल नाम ‘पेले ‘

pele

एजेन्सी , २० जेठ । ब्राजिललाई फुटबलरहरुको देश भनेर चिनिन्छ । अझ पेलेको देश । जो आफैंमा फुटबलका इतिहास हुन् । फुटलब भन्ने वित्तिकै अझै पेलेलाई सम्झने धेरै छन् । हरेक विश्वकपका बेला पेलेको चर्चा हुन्छ । जसले ब्रजिललाई तीन पटक विश्वकप जिताए भने फ्रेन्डली र टुर म्याच बाहेक १३ सय ६३ खेलमा १२८१ गोल गरे । उनले राष्ट्रिय टोलीका लागि मात्र ९२ खेलमा ७७ गोल गरेका थिए ।

यस्तो लाग्छ ब्राजिलका सबै जना फुटबल खेल्छन् । हरेक विश्वकपमा ब्राजिलियन टोलीमा नयाँ अनुहार देख्न सकिन्छ । र, उनीहरुको खेल कौशल पनि अरुको भन्दा फरक छ । विश्वका फुटबल क्लबहरुमा पनि ब्राजिलियन खेलाडीहरुले राज गरिरहेका छन् । नेइमार, फिलिप काउटिन्हो, पाउलहिन्हो, जस्ता उदाँउदा खेलाडीहरु ब्राजिलमा छन् । रोनाल्डो, रोनाल्डिनो, रिबाल्डो, काका जस्ता हस्ति पनि यहाँकै उपज हुन् ।

त्यस्तै फुटबलको इतिहाँसका रुपमा रहेका पेले ब्राजिलकै थिए । जसको अहिले पनि त्यतीकै चर्चा हुन्छ । फुटबलको नाम आएसँगै पेले जोडिन्छन् । हरेक विश्वकपमा पनि उनकै चर्चा हुन्छ । उनी फुटबलका यस्ता हस्ती हुन जसले ब्राजिललाई तीन पटक विश्वकपको उपाधि दिलाए । पेलेलाई फुटवलको सवैभन्दा सफल खेलाडि मानिन्छ । जसले फ्रेन्डली र टुर म्याचबाहेक १३ सय ६३ खेलमा १२ सय ८१ गोल गरे भने ब्राजिलीयन राष्ट्रिय टोलीका लागि ९२ खेलमा ७७ गोल गरे ।

पेलेको नाम नसुन्ने संसारमा सायदै कमै होलान् । सन् १९४०, अक्टोबर २४ मा ब्राजिल ट्रेस कोराकस गाउँमा जोआओ रामोस र डोना सेलेस्टेको जेठोे सन्तानका रुपमा जन्मिएका पेले शताब्दिकै सफल फुटबलर हुन् । पेलेको नामबाट विश्वविख्यात भएपनि उनको वास्तविक नाम थोमस इडिसन हो । जो सानैमा बाउरु शहरमा आफ्ना परिवारसँग आएका थिए । उनका पिता जाओअ रामोस (डोन्डिन्हो) पनि एक राम्रा तर, असफल फुटबल खेलाडी थिए । एउटा खेलमा उनी घाइते भएपछि उनको करिएरमा ब्रेक लागेको थियो । यसैकारण पेलेकी आमा आफ्नो सन्तानले फुटबल खेलोस् भन्ने चाहना राख्दैनथिन् ।

गरिब परिवारमा हुर्केका पेले बाउरुको सडकमा मान्छेहरुको बिचमा बल छलाउँने अभ्यास गर्थे । एक स्थानीय खेलमा जुत्ता बिना नै मेदानमा उत्रिएका उनले सबैभन्दा धेरै गोल गरेका थिए । जसका कारण उनी ब्राजिलका पूर्व राष्ट्रिय खेलाडी वाल्डेमेर डि ब्रिटोको नजरमा परे । उनी प्राय आफ्ना आमाबुवाको काममा सघाउन जान्थ्ये र फुर्सदमा फुटबल खेल्थे ।

सानै छँदा पेले वाल्डेमेरको युथ क्लबमा आबद्ध भए । क्लबमा उनले अन्य खेलाडी भन्दा उत्कृष्ट प्रदर्शन गरे पछि वाल्डेमेरकै पहलमा उनी १५ वर्षकै उमेरमा ब्राजिलको व्यवसायीक फुटबल क्लबमा आबद्ध भए । १६ वर्षमा पेलेले पहिलो व्यवसायिक गोल गरे । दुबै खुट्टाले विपक्षीलाई छलाउन सक्ने क्षमता भएका उनको खेल सिनिएर खेलाडी भन्दा उच्चस्तिरिय थियो । त्यसैले पनि उनी १६ वर्षमै ब्राजिलको राष्ट्रिय टोलीमा आबद्ध भए । उनी ब्राजिलमा त्यतीबेला पनि निकै चर्चित भइसकेका थिए ।

कम उमेर सबैभन्दा होचो कद उनले गोल गर्लान भन्ने कमै दर्शकलाई लाग्थ्यो तर, मैदानमा सबैभन्दा बढी गोल गर्ने उनी नै हुन्थ्ये । उनले १९५८ को विश्वकप ब्राजिललाई दिलाउने आफ्नो बुवालाई विश्वास दिलाएका थिए । र, उनको यो सपना साकार पनि भयो । उनी १० नम्बर जर्सीमा पहिलो पल्ट मैदानमा उत्रिएका थिए । सेमी फाइनलमा फ्रान्सकाविरुद्ध ब्राजिल ५–२ गोलअन्तरले बिजयी हुँदा पेलेले तीन गोल गरेका थिए ।

फाइनलमा आयोजक स्वीडेनका विरुद्ध ५–२ को जित दर्ता गर्दा उनले २ गोल गरेका थिए । उनले फाइनल खेलमा गरेको पहिलो गोल अहिलेसम्मकै उत्कृष्ट गोल मानिन्छ । त्यस्तै उनले १९६२ र १९७० मा ब्राजिललाई उपाधी दिलाएका थिए ।

१९५८ को खेल आज पनि इतिहासकै सुन्दर फुटबल खेल भनेर चिनिन्छ । पेले ८७ वर्षको उमेर हुँदासम्म पनि फुटबलसँगै छन् । विश्व फुटबललाई योगदान दिइरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);