आर्थिक वर्ष २०७५/७६ को बजेट मंगलबार संसदमा प्रस्तुत हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आर्थिक वर्ष २०७५/७६ को बजेट मंगलबार संसदमा प्रस्तुत हुने

budget

काठमाडौं, १४ जेठ । सरकारले आर्थिक वर्ष २०७५-७६ को बजेट मंगलबार संसदमा प्रस्तुत गर्दैछ । संसदमा सार्वजनिक हुने बजेटको तयारीका लागि अर्थमन्त्रालयका कर्मचारीलाई भने भ्याइनभ्याइ भएको छ ।

विगत तीन महिनादेखि बजेटको तयारीमा जुटेका मन्त्रालयका कर्मचारीहरु एकहप्ता भन्दा बढीसमय देखि २४ सै घण्टा काम गरिरहेका छन् । आन्तरिक तयारीको कारण देखाउँदै सम्बन्धित कर्मचारीबाहेक अन्य व्यक्तिलाई आइतबारदेखि नै मन्त्रालय प्रवेशमा रोक लगाइएको छ ।

सबै तयारी पूरा भएपछि मंगलबार ११ बजेदेखि बजेट भाषण छपाईको काम सुरु गर्ने र अपरान्ह ४ बजे संघीय संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

संघीय संविधान कार्यान्वयनको पहिलो चरणमा बनेका तीनै तहका सरकार पहिलो बजेट निर्माणका लागि जेटेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);