काठमाडौं ३ जेठ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुक नयाँ मोडमा अघि बढेको बताएका छन् । २५ औं मदन-आश्रित स्मृति दिवशका अवशरमा आज बल्खुमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा कताएका हुन् ।
मदन भण्डारी २० औं शताब्दीलाई सबभन्दा बढी प्रभावित पार्न सक्ने राजनीतिज्ञ भएको प्रधानमन्त्रीको भनाइ छ । तर मदनका बिचारले २१ औं शताब्दीलाई झन् बढी प्रभावित गर्ने छन्, प्रधानमन्त्री ओलीले भने ‘२५ बर्ष अघि मदनले कम्यूनिष्ट एकताका नाममा खनेको गोरेटो आजैबाट छ लेनको सडक बन्दैछ ।’ प्रधानमन्त्री ओलीले आज अपरान्ह सम्ममा एमाले र माओवादी केन्द्र एक भएर निर्वाचन आयोगमा दर्ता हुने बताए ।
प्रधानमन्त्री ओलीले एमाले माओवादी एकता केवल दुर्इ पार्टीको मिलन मात्र नभएको बताए । यसले नेपालमा एउटा राजनीतिक, सामाजिक, आर्थिक रुपमा ठुलो उपलब्धी हासिल गर्ने बताए ।
‘हाम्रो एकतालाई केवल दुई पार्टीको मिलनको रुपमा मात्र हेरिनु हुँदैन प्रधानमन्त्री ओलीले भने ‘यो एकता दुईवटा साना अणु मिसिँदा कसरी शक्तिशाली बिस्फोटक पदार्थ बन्दछ त्यस्तै हो यो एकता ।’
पार्टी एकता भएपछि नेपालकाे इतिहास मै सबैभन्दा बढी जनमत भएको पार्टी र सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले नेपाली काँग्रेस अब प्रतिष्पर्धी पार्टी नभएर सहयोगी पार्टी मात्र भएको बताए ।