कांग्रेसका कारण राप्रपा(प्र)को लज्जास्पद हार : अध्यक्ष राणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

कांग्रेसका कारण राप्रपा(प्र)को लज्जास्पद हार : अध्यक्ष राणा

Pashupati-Samsher

काठमाडौं, २५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले नेपाली कांग्रेसको कारण पार्टीले निर्वाचन अनपेक्षित हार व्यहोर्नुपरेको निष्कर्ष निकालेको छ । पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले कांग्रेस नेतृत्वको प्रजातान्त्रिक गठबन्धन मजदुत नहुँदा आफ्नो पार्टीलेसमेत निर्वाचनमा लज्जाजनक हार व्यहोर्नुपरेको बताए ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कार्यसमिति बैठकको उद्घाटन गर्दै उनले नेतृत्वको हैसियतले निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नुको जिम्मेवारी आफूले लिने स्पष्ट पारे । अध्यक्ष राणाले मुलुकमा बाम गठबन्धनको बर्चस्व कायम हुनुलाई आफूले स्वभावि रुपमा लिएको पनि बताए ।

३ दिनसम्म चल्ने बैठकले निर्वाचनमा पार्टीले व्यहोर्नु परेको हारको समिक्षा गर्दै भावी योजना तय गर्ने जनाइएको छ ।