काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा अहिले केहीबेरमा पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्दै छन् ।
सरकारले जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका कारण प्रधानमन्त्री ओलीले कार्यक्रममा समावेश गरिने विषयबारे पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्न लागेका हुन् ।
परामर्शका लागि पूर्वप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । सरकारले आर्थिक समृद्धिलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदै छ ।