२०१९ विश्वकपको खेल तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

२०१९ विश्वकपको खेल तालिका सार्वजनिक

ICC-Cricket-World-Cup

एजेन्सी, १४ बैशाख । सन् २०१९ को मे ३० देखि इंग्ल्याण्ड र वेल्समा संयु‌क्तरुपमा हुने एकदिवसीय विश्वकपको खेलतालिका सार्वजनिक भएको छ ।

अाइसीसी बोर्डको बैठक बिहीबार भारतको कोलकत्तामा खेलतालिकाको टुंगो लगाएको हो । यद्दयपी क्रिकेट सम्बन्धी अनलाइन क्रिकइन्फोले बुधबार राति नै यो खेल तालिका आउट गरेको थियो ।

खेल तालिका अनुसार उद्घाटन खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच अोभल क्रिकेट मैदानमा हुनेछ। विश्वकपमा अष्ट्रेलिया, बंगलादेश, इग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तानको सहभागिता रहनेछ।

१० राष्ट्रको सहभागिता रहने प्रतियोगितामा ४८ खेलहरु हुनेछन्। मे ३० मा सुरु हुने विश्वकप जुलार्इ १४ सम्म चल्नेछ।

ICC-CWC19-Schedule

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);