पहिलो लैङ्गिक तथा यौनिक फुटसल प्रतियोगिता संचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पहिलो लैङ्गिक तथा यौनिक फुटसल प्रतियोगिता संचालन

futsal

काठमाडौं, १४ बैशाख । पछिल्लो समय फुटबलको सानो रुप ‘फुटसल’को लोकप्रियता बढ्दो छ । बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाका माझमा फुटसल लोकप्रिय बनेको छ ।

शुरूमा काठमाडौंमा मात्र केन्द्रित फुटसल खेल अहिले विराटनगर, हेटौंडा, बनेपा, पोखरा, धरान, चितवनलगायतका देशका प्रमुख शहरमा विस्तार भइसकेको छ । वि.सं २०६८ सालदेखि नेपालमा शुरू भएको फुटसल अहिले शहरबासीका लागि अपरिहार्य बनेको देखिएको छ ।

काठमाडौं उपत्यकामा मात्रै १ सयभन्दा बढी फुटसल कोर्टहरु सञ्चालनमा रहेको अनुमान गरिएको छ । पछिल्लो समय फुटसल सरकारी तहकै प्राथमिकतामा पर्न थालेको छ । राष्ट्रिय खेलकुद परिषदले सबैका लागि खेलकुद भन्ने मुलनाराका साथ पहिलो पटक लैङ्गिक तथा यौनिक फुटसल प्रतियोगिता संचालन गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले आधिकारिक संस्था स्थापना गर्ने बताएको छ । यसले पहिचान लुकाउन खोजेका देशभरका अल्पसंख्यक तेस्रो लिंगीको क्षमता विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । त्यसका साथै फुटसलले पनि व्यापकता पाउनेछ ।

खेल मैदान स्वतन्त्र हुन्छ । न त त्यहाँ जातको कुरा आउँछ न त लिंगको । जितको लक्ष्यसहित मैदानउत्रिनु अघि खेलाडी आफूमात्रै होइन, समग्र देशको नाम उचो बनाउने प्रण गरेका हुन्छन् । त्यसैले तेस्रो लिङ्गी एवम् सम लिङ्गीलाई प्रोत्साहन दिन सरकार एवम् राष्ट्रिय खेलकुद परिषद्ले चालेको यो कदम तारिफयोग्य छ । यो प्रतियोगिता देखावटी नभई प्रभावकारी होस् । यसले लैङ्गिक तथा यौनिकहरुको स्तरोन्नती र क्षमता प्रस्फुटनमात्रै गर्दैन, फुटसलको व्यापकता पनि विस्तार गर्न मद्दत गर्छ । जुन खेलले खेलाडी तयार गर्नदेखि सर्वसाधरणको स्वास्थ्यसम्ममा अर्थ राख्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);