पछिल्लो समय ‘फुटसल’को लोकप्रियता बढ्दो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पछिल्लो समय ‘फुटसल’को लोकप्रियता बढ्दो

काठमाडौं, ८ वैशाख । पछिल्लो समय फुटबलको सानो रुप ‘फुटसल’को लोकप्रियता बढ्दो छ । बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न फुटसल लोकप्रिय बनेको छ ।

शुरूमा काठमाडौंमा मात्र केन्द्रित फुटसल खेल अहिले विराटनगर, हेटौंडा, बनेपा, पोखरा, धरान, चितवन लगायतका प्रमुख शहरमा विस्तार भइसकेको छ । वि.सं २०६८ सालदेखि नेपालमा शुरू भएको फुटसल अहिले शहरबासीका लागि अपरिहार्य बनेको देखिएको छ ।

काठमाडौं उपत्यकामा मात्रै १ सयभन्दा बढी फुटसल कोर्टहरु सञ्चालनमा रहेको अनुमान गरिएको छ । पछिल्लो समय फुटसल सरकारी तहकै प्राथमिकतामा पर्न थालेको छ । राष्ट्रिय खेलकुद परिषदले सबैका लागि खेलकुद भन्ने मुलनाराका साथ पहिलो पटक लैङ्गिक तथा यौनिक फुटसल प्रतियोगिता संचालन गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले आधिकारिक संस्था स्थापना गर्ने बताएको छ । यसले पहिचान लुकाउन खोजेका देशभरका अल्पसंख्यक तेस्रो लिंगिको क्षमता विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । त्यसका साथै फुटसलले पनि व्यापकता पाउनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);