संघीय संसद्को बैठक वैशाख २३ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संघीय संसद्को बैठक वैशाख २३ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

bidhaya devi bhandari

काठमाडौं, १४ बैशाख । सरकारले संघीय संसद्को बैठक यहि वैशाख २३ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले बैशाख २३ गते आईतबार अपरान्ह ४ बजे बैठक आव्हान गर्न सिफारिस गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को बैठक आव्हान गर्ने संवैधानिक व्यवस्था छ । संविधानमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था रहेका कारण बजेट पूर्वको छलफलका लागि मन्त्रिपरिषद्ले अधिवेशन आव्हान गर्न सिफारिस गरेको हो ।

मन्त्रिपरिषद बैठकले आन्तरिक शान्ति सुव्यवस्था सम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);