काठमाडौं, १३ बैशाख । नेकपा एमाले र नेकपा माओवादीले पार्टी एकता गर्ने भनेर मिति तय भएको थियो । के कारणले एकता हुन सकेन भन्ने बहसको विषय बनेको छ । दुवै राजनीतिक दल र अध्यक्षले छिटै मिल्दै छौ भनेका छन् । उनीहरुको यो कुरामा संका र आशा बराबर गर्न थालिएको छ । एमाले र माओवादी बीच छलफल र बैठक भईरहेको छ । तर, के कारणले निष्कर्षमा पुग्न सकिरहेको छैन ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीसँग गरेको कुराकानी हेर्नुहोस् :




