काठमाडौं, १० बैशाख । चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । साउथह्याम्टनलाई २–० गोल अन्तरले पराजित गरी चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको हो ।
चेल्सीले फाइनलमा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्ने छ । म्यानुसँगको भेट पक्का गर्ने क्रममा चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको हो । सन् २००७ मा चेल्सीलाई एफए कपको उपाधि जिताएका जोसे माउरिन्हो अहिले म्यानचेस्टर युनाइटेडको प्रशिक्षक छन् ।