देश डुवानमा पर्दा पनि किन बोल्दैन सरकार भारत विरुद्ध | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

साउन २८ , काठमाण्डौँ । नेपालले भारतसँग स्पष्ट कुरा राख्न नसक्दा नेपालको तराईका भूभाग जहिले पनि जलमग्न हुने गरेका छन् । प्रतयेक वर्ष तराइका उर्वर अन्न भूमि बगरमा परिणत भइरहेका छन् । तर, भारतीय बाँधका कारण निकास अवरुद्ध भई नेपालको पूर्वदेखि पश्चिम तराईसम्म जलमग्न भइरहँदा हाम्रा राजनीतिक दलले त्यसबिरुद्ध बोल्ने हिम्मत गरेको पाइँदैन ।

नेपाल–भारत सिमानामा भारतले आफूखुसी बाँध बाँध्दा तराईका नेपाली भूमि जहीले पनि डुवानमा पर्ने गरेका छन् । डुवानका कारण नेपालको उर्वर अन्नभूमी तराइका सयौं बिघा जमिन बगरमा परिणत हुने गरेको छ भने कयौं नेपाली नागरिक घरवारबिहीन हुने गरेका छन् । तर, नेपालले भारतका कारण भोग्नुपरेका समस्याका बारेमा गम्भीरताका साथ उठाउने गरेको पाइँदैन ।

भारतले नेपाल–भारत सीमाआसपास अन्तर्राष्ट्रिय कानुनविपरीत एकलौटी ढंगबाट ठुल्ठुला नहर, बाँध, तथा तटबन्धहरु निर्माण गरेको छ । पूर्वदेखि पश्चिमसम्म थुप्रै ठाउँमा सीमा मिच्ने र बाँध बाँधेर नेपाली भूमि डुबाउने काम भइरहँदा सरकार, राजनीतिक दल र तिनका नेता मौन छन् । तर, नेपाल–भारत उच्चस्तरीय भ्रमणमा यी विषयले प्राथमिकता पाउने गरेका छैनन् ।

नेपाल र भारतबीच भएका जलस्रोत सम्बन्धी सम्झौतालाई भारतले सधैं उल्लंघन गरिरहेको छ । पश्चिममा कञ्चनपुरस्थित शारदा, प्रस्तावित पञ्चेश्वर बाँध र टनकपुर बाँधदेखि पूर्वमा कोसी उच्च बाँधका कारण नेपाली भूमि बाढीको चपेटामा परिरहेका छन् । त्यस्तै कैलाली र बर्दिया जिल्लालाई प्रभावित गर्ने कैलासपुरी बाँध, बाँकेको लक्ष्मणपुर बाँध, दाङको कोइलाबास, कपिलवस्तुको महलिसागर बाँध, रुपन्देहीको खुर्दलोटन बाँध, नवलपरासीको गण्डक बाँध, रौतहटको लालबकैया बाँध, बागमती, कमला तटबन्ध हुँदै सप्तरीको खाँडो नदी र कोशी नदीसम्मको बाँध र तटबन्धका कारण नेपाली भूभाग डुवानमा पर्ने गरेका छन् । भर्खरै सम्पन्न बिमस्टेकको बैठकमा भाग लिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आइन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत अरु राजनीतिक दलका नेताहरुसँग पनि भेट गरिन् ।

तर, वर्षायाममा नेपाली भूमि डुब्ने गरेको विषयमा कसैले कुरा उठाएको पाइएन । तराई आफ्नो राजनीतिक प्रभाव क्षेत्र रहेको बताउने राष्ट्रिय जनता पार्टीका नेताहरुसमेत लाम लागेर स्वराजलाई भेट्न पुगे । तर, उनीहरुले पनि तराईका जनताले बर्षेनी भोग्नुपरेका समस्याका विषयमा केही कुरा गरेको पाइएन । तराईका जनता गुनासो गर्छन्– बर्षेनी हाम्रो बिचल्ली हुँदासमेत कसैले केही बोलेन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);