भारत नेपालको छिमेकी राष्ट्र हो । मित्र राष्ट्र होइन ।। (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारत नेपालको छिमेकी राष्ट्र हो । मित्र राष्ट्र होइन ।। (भिडियोसहित)

नेपालमा एउटा ठूलो भ्रम अहिले पनि छ, त्यो के भने भारत नेपालको छिमेकी राष्ट्र हो कि मित्र राष्ट्र हो भन्ने । नेपालको भू–भागलाई तीनतिरबाट घेर्ने भारतीय मानचित्रलाई नेपालले नचाहेर पनि छिमेकीको रुपमा इन्कार गर्न सक्दैन । भनिन्छ, छिमेकी फेर्न मिल्दैन । यही भौगोलिक अवस्थाकै कारण जबर्जजस्ती मित्र राष्ट्रको दर्जा दिनु पर्दाको कुटनीतिक अवस्था बाहेक भारत नेपालको मित्र राष्ट्र कहिल्यै बन्न सकेन ।

भौगोलिक सीमाले मात्र मित्र राष्ट्र बनाउँदो रहेनछ । भौगोलिक सीमाको र भौगोलिक अवस्थितिको भरपूर लाभ उठाउँदै भारतले नेपालप्रति गरेको व्यवहार वास्तवमा भन्ने हो भने नेपाल गरीब बन्नुको प्रमुख कारण नै बनेको छ । भारतले कहिल्यै पनि अन्तरआत्माले नेपाललाई सार्वभौम राष्ट्र मानेको छैन । कुटनैतिक मञ्चहरुमा जस्तोसुकै शव्दावली प्रयोग गरेपनि भारतीय अनुदार शासन सत्ताको अगाडि नपाल भारतको कुनै एउटा शासन संरचना भन्दा बढी मान्ने सोचमा छैन । यही भारतीय मनोदशाकै कारण नेपाल अहिले प्रताडित छ, संकुचित छ, परावलम्बी छ । साँच्चै भन्ने हो भने भारतकै इसारामा उठ्नु पर्ने र सुत्नुपर्ने अवस्थामा पुर्याइएको छ ।

नेपाली शासकहरुलाई उनीहरुको मनोविज्ञान अनुसार भारतले हरेक समय र सन्दर्भमा आफ्नो कार्य कुशलता प्रदर्शन गर्दै नेपाललाई हर प्रकारले जकड्याउन भारतीय सत्ता सफल रह्यो, अहिले पनि सफल नै छ । एउटा छिमेकीले मित्र राष्ट्रको व्यवहार गर्ने हो भने नेपालको आफ्नो सार्वभौमिकताको भरपूर सदुपयोग गर्न पाउनु पथ्र्याे, सीमा स्तम्भको रक्षा गर्न पाउनु पथ्र्याे, असमान व्यवहारको छनक पनि दिनु हुने थिएन । तर भारतले यसो कहिल्यै गरेन । भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा राख्यो । सीमा स्तम्भ रातारात हटाउन थोरै पनि अप्ठेरो मानेन ।

अन्तर्राष्टिय मापदण्ड विपरीत ठूलाठूला ड्याम्पहरु बनाउँदै नेपाली भूभाग जलमग्न गराउनमा आफ्नो पुरुषार्थ देख्यो । कमजोर राजनीतिक वातावरणको लाभ उठाउँदै नेपाल भित्रको सबै प्राकृतिक संशाधनमाथि आफ्नो पकड जमाउन पटक्कै पछि परेन । आफ्नो देशको सामान नेपाललाई बेच्न अनि नेपालबाट निर्यात हुने सामान्य वस्तुमाथि समेत अनुदार आँखा संधै तेर्सायो । भूपरिवेष्ठित राष्ट्रले पाउने पारवाहन सुविधालाई समेत राजनीतिको मोलमोलाईको विषय बनायो । पार्टी फुटाउनेदेखि जुटाउनेसम्म, नेता नेताबीचको झगडादेखि विभिन्न सम्झौताहरुमा आफ्नो कलुसित गन्ध दिंदै देशको राजनीति अस्थिर बनाउन सफल भयो ।

नेपालको सार्वभौमसत्तामै आँच आउने गरी भारतीयहरुलाई नेपाल भित्र नागरिक बनाउन टुप्पीदेखिको बल लगाउँदै निरन्तर दवाव दिइनै रह्यो । समानताका नाममा बुनिएका कथाहरु एकतर्फी रुपमा लादिए । सार्वभौम देशले आपूmलाई आवश्यक पर्ने सामरिक संशाधन समेतमा भारतको निगरानी हुनुपर्ने विचित्रको वातावरण एकतर्फी रुपमा लादिनै रह्यो ।

त्यतिमात्र होइन भारतको विषादीयुक्त तरकारीलाई समेत नेपालले परीक्षण गरेर भित्र्याउन नपाउने अचम्मको दानवीय व्यवहार प्रदर्शन गर्न समेत भारत पछि परेन । अनि कसरी भारतलाई नेपालले मित्र राष्ट्र भन्ने ? नेपाल भारत बीच भएका सन्धिहरुले समान हैसियत राखेको हो भने भारतको सामरिक विषयमा नेपालको कुनै भूमिका देखिन्छ ? भारत भित्रको प्राकृतिक सम्पदाहरुमा नेपालको कुनै भूमिका देखिन्छ ? भारत भित्र नेपालको कुनै भूमिका छ ? नेपालस्थित भारतीय राजदूतको नेपालमा निकै सक्रियता छ, नेताहरुसँग उठबस छ, भारतमा रहेका नेपाली राजदूतले पनि त्यस्तै सक्रियता र नेताहरुसँग उठबस गर्ने अवसर पाएका छन ? समानताको कुरा हो भने सानो ठूलो देशको मतलब नहुनु पर्ने हो, तर त्यस्तो छैन ।

नेपाल एकतर्फी रुपमा भारत प्रताडित देश हो । यसै प्रसंगमा झण्डै एक वर्षदेखि बिग्रिएको सम्बन्ध बनाउने सन्दर्भमा भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला नेपाल आएका छन । यो अवधिमा नेपाल सरकारले आफ्नो कुरा राख्न सक्नुपर्छ । मित्र राष्ट्र, भाइभाइ, रोटीबेटी, यी सबै प्रकारका प्रसंगलाई दन्त्य कथा भित्रको सामान्य प्रसंगको रुपमा लिंदै अब सार्थक बहसमा आफ्नो कौशलता प्रदर्शन गर्न सक्नुपर्छ । छिमेकीहरुको अगाडि घुंडा टेकेर कुटनीतिक सम्बन्ध राम्रो बनाउँछु भनेर सोच्नु सर्वथा मूर्खता बाहेक केही होइन भन्ने ज्ञान नेतृत्वमा पलाउन जरुरी छ । संधैभरी देखिने कुटनीतिका उराठलाग्दा भाषणहरुले देशलार्य कंगाल बनाइ सक्यो ।

अब देश छिमेकीको लुटाइबाट बच्नुपर्छ । हामी सार्वभौम देशको सार्वभौम सरकार हांै भन्ने उच्च मनोबल सरकारले प्रदर्शन गर्न सक्नुपर्छ । यसबाट मात्रै छिमेकीहरुसंगको नेपालको सम्बनध सन्तुलित र पारदर्शी बन्नुका साथै दुबै पक्षको हितमा भरपूर उपयोग हुन सक्छ । साथै सम्बन्धमा समेत नयाँ आयामको आशा गर्न सकिन्छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);