लागु औषध सहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लागु औषध सहित ४ जना पक्राउ

काठमाडौं, १४ चैत । प्रहरीले लागु औषध ओसार पसार तथा विक्रि वितरणमा संलग्न भएको आशंकामा ४ जनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी परिसर टेकुले बुधबार पत्रकार सम्मेलन गरि लागु औषध कारोबारमा संलग्न विकल शाही सहित ४ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो ।

लागु औषध नेफिन १४ सय एफ फुल, डाइजिपाम १४ सय एमफुल , फेनालगन १४ सय एम फुल सहित भक्तपुर गठ्ठाघरका उर्मिला विसङखे, शुशिला विसङखे र आशिष विसङखे लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विकल शाहीले लागु औषध विक्रि वितरण गर्ने गरेको भन्ने जानकारीका आधारमा उनको घर पुगेको प्रहरीले अन्य तीन जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो । विकललाई मंगलबार दिउँसो महानगरिय प्रहरी परिसर ललितपुरले पक्राउ गरिसकेको थियो ।

त्यसैगरी युवतीहरुलाई मासिक ५० हजार दिन्छु भन्दै यौन व्यवसायमा लगाउने गोगँबु मित्रनगरस्थित साकिरा डान्सबारका संचालक राजु थापा र दिपा थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजधानीका होटल, रेष्टुरेण्ट तथा डान्स बारहरुले युवतीहरुलाई जबरजस्ती यौन व्यवसायमा लगाई फाईदा लिने गरेको सुकारीका आधारमा प्रहरीले पछिल्लो समय शंकास्पद स्थानमा छापामार्न थालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);