रुपन्देहीमा २० वर्षे पुराना गाडी जफत गर्न सुरू | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

रुपन्देहीमा २० वर्षे पुराना गाडी जफत गर्न सुरू

रुपन्देही, १३ चैत । रुपन्देहीमा प्रहरीले २० वर्षे पुराना गाडीहरु जफत गर्न थालेको छ । सरकारले २० वर्ष पुराना सवारी साधन संचालनमा रोक लगाएपछि रुपन्देही प्रहरीले २० वर्षे पुराना गाडीहरु जफत गर्न थालेको हो । रुपन्देहीबाट अहिलेसम्म ५ वटा ट्रक जफत गरिएको छ ।

पुराना गाडीका कारण प्रदूषण र सवारी दुर्घटना बढेको भन्दै सरकारले यहि चैत १ गतेदेखि २० वर्ष पुराना सार्वजनिक यातायात गुड्न रोक लगाएको थियो ।

उता मोरङका ट्याक्सी व्यावसायीले २० बर्ष चलेका सवारी साधन हटाउने निर्णयको बिरोध गरेका छन् । ट्याक्सी व्यवसायी संघले विराटनगरमा पत्रकार सम्मेलनको गरेर विकल्प सहितको निति ल्याउन सरकारलाई सुझाब दिएका छन्।