कञ्चनपुर, १३ चैत । कञ्चनपुरको महिला तथा बृद्ध सेवा केन्द्रमा नेपाली सेनाले कुखुरा खोरको निर्माण गरको छ । केन्द्रमा रहेका जेष्ठ नागरिकलाई पालनपोषण गर्न कुखुरा पालनबाट आयस्रोत जुटाउन सेनाले कुखुरा खोर बनाई दिएको छ ।
सो खोरमा व्यवसायिक रुपमा कुखुरा पालन गरिने केन्द्रका अध्यक्ष शारदा चन्दले जानकारी दिइन ।