अछाममा छाउपडी प्रथा अन्त्यका लागि छाउगोठ भत्काउन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अछाममा छाउपडी प्रथा अन्त्यका लागि छाउगोठ भत्काउन सुरु

सुशील भण्डारी

अछाम, १३ चैत । अछाममा छाउपडी कुप्रथाको अन्त्य गर्न अभियान संचालन गरिएको छ । एक दशकमा अछाममा छाउगोठमा १२ जनाको मृत्यु भएपछि छाउपडी कुप्रथाको अन्त्य गर्न अभियान संचालन गरिएको हो । अभियान अन्तर्गत छाउगोठ भत्काउन सुरु गरेपछि अछामका महिला हर्षित भएका छन् ।

अछामको पञ्चदेवल बिनायक नगरपालीकाले छाउपडी कुप्रथाको न्यूनिकरण गर्न अभियान संचालन गरेको हो । गाउँपालिकाले अभियान चलाएपछि महिनावारी भएकाबेला महिलाहरु छाउगोठमा बस्न छोडेका छन् ।

गाउँपालिकाले छाउपडि कुप्रथा न्यूनिकरण गर्न छाउगोठ भत्काउन सुरु गरेको छ । गाउँगाउँमा चेतानाका कार्यक्रम गर्दै छाउगोठ भत्काउन थालिएको हो । गाउँपालिकाले छाउपडी कुप्रथाको न्यूनिकरण गर्न बजेट नै बिनियोजन गरेर चेतनामुलक कर्यक्रम गर्दै आएको छ । अभियान संचालन भएपनि कतिपय महिला महिनावारी भएकाबेला गोठमै बस्ने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);