नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बसेको छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बसेको छ

काठमाडौं, ९ चैत । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बसिरहेको छ ।

चार महिना पहिले भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भएको हारको समीक्षाका लागि चर्को आवाज उठिरहेका बेला कांग्रेसको केन्द्रीय समितिको बैठक बसेको हो । चुनावी हारपछि असन्तुष्ट पक्षले पार्टीको विशेष महाधिवेशनको माग गर्दै आएको छ । असन्तुष्ट पक्षले बैठकमा विशेष महाधिवेशनको माग प्रवेश गराउने तयारी गरेको छ ।

सभापति शेरबहादुर देउवा पनि बैठकबाट महासमिति बैठकको मिति तोक्ने मनस्थितिमा रहेको उनि निकट नेताहरुले बताएका छन् । निर्वाचनमा पराजयपछि असन्तुष्ट धारको नेतृत्व गर्दै आएका नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला नजिकिएका छन् । उनिहरु निकट केन्द्रीय सदस्यहरुले महाधिवेशन सम्पन्न भएको दुई बर्ष वित्दा समेत पार्टीका विभागहरु गठन नगरेको र पदाधिकारी मनोनित नगरेको विषयलाई लिएर सभापति देउवाको आलोचना गर्ने तयारी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);