आजदेखि कोरियन भाषा परीक्षाको आवेदन | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

आजदेखि कोरियन भाषा परीक्षाको आवेदन

korian language

काठमाडौं, ८ चैत । सन् २०१९ मा रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियामा कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम संकलन कार्य बिहीबार (आज) बाट सुरु हुने भएको छ ।

सो परीक्षामा सहभागी हुनेहरुले बिहीबारदेखि आगामी १७ चैतसम्म आवेदन फारम अनलाइनबाटै भर्न सक्नेछन् ।
समाचारमा लेखिएको छ, यो भाषा परीक्षामा सहभागी हुनका लागि १८ बर्ष पूरा भई ३९ बर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने हदबन्धी तोकिएको छ ।

परीक्षामा सहभागी हुन चाहनेहरुले ईपीएस कोरिया शाखाको नेपालको आधिकारिक वेबसाइटबाट लग इन गरी त्यहाँ उल्लेख भएका विवरण अनलाइनबाटै भर्न पाउनेछन् ।

जसका कारण गत बर्ष पहिलोपटक सुरु हुनुभन्दा अघिका बर्षझैं फाराम भर्न रातभर लाइनमा बस्नुपर्नेछैन । आजको राजधानी दैनिकको आर्थिक पृष्ठमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);