काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन । प्रधानमन्त्री ओलीले जिम्मेवारी सम्हालेको एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार संघीय समाजवादी फोरम र राजपालाई समेटेर मन्त्रिपरिषद्लाई आज पूर्णता दिने तयारी छ । मन्त्रिपरिषद्मा फोरम र राजपालाई २\२ मन्त्रालय दिने तयारी छ । दोस्रो पटक विस्तार गर्न लागिएको मन्त्रपरिषद्मा एमाले र माओवादीबाट पनि मन्त्री थपिने छन् ।
फोरम र राजपालाई मन्त्रिपरिषद्मा सहभागी गराउन मन्त्रालयको संख्या थपिने भएको छ । प्रधानमन्त्री ओलीले विहिबार साँझ मन्त्रिपरिषद्को बैठक बोलाएर मन्त्रालयको संख्या थप गर्नेबारे छलफल गरेकी हुन ।
मन्त्रालयको संख्या थपेर कति पुर्याउने भन्ने विषयमा भने बैठकमा कुनै निर्णय नभएको मन्त्रीहरुले बताएका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री ओलीले विहिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेताहरूसँग अनौपचारिक छलफल गरेका थिए ।
सरकारमा सहभागीता र मन्त्री छनोटको विषयलाई लिएर विहिबार राजपाका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवासमै बसेको थियो ।